०९ असार २०८३, मंगलबार

गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह

असार २५, २०८२
काठमाडौं
गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह

वाग्मती नदीको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखाले जनाएको छ ।

मङ्गलबार राति १२ बजे आसपासदेखि निरन्तर परेको पानी २ बजे सतर्कता तह पार गरेकाले गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रमा बस्नेहरुको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरिएको महाशाखाका इञ्जिनीयर आशीष भट्टले जानकारी दिए। यसैगरी रुद्रमती (धोबीखोला) को कपन क्षेत्रमा पनि जलसतह सतर्कता तह पार गर्न लागेको छ । 

राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि नै करिब २५ मिलिमिटरको दरमा निरन्तर पानी परिरहेकाले पनि सुरक्षित हुन विभागले आह्वान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्