
जाजरकोटमा जंगलबाट ल्याएको च्याउ खाँदा एकै परिवारका तीन बालबालिका बिरामी परेका छन् ।
नलगाड नगरपालिका-४ पीपलचौरका मगबहादुर सिंहका छोरी १२ वर्षीया कौशिला, ६ वर्षीय छोरा झलक र ३ वर्षीया छोरी दीपा बिरामी परेका हुन् ।
सालघारी जंगलबाट टिपेर ल्याएको च्याउ खाएका उनीहरू बिरामी परेका वडाध्यक्ष बन्द्रीबहादुर पन्तले जानकारी दिए ।
उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको । बर्खाको समयमा खाने च्याउ चिनेर मात्र खान नगर अस्पतालका डा. नवीन ध्यारले अनुरोध गरेका छन् ।