१३ असार २०८३, शनिबार

शेखर कोइरालाले बोलाए आफूनिकट नेताहरूको बैठक

असार २५, २०८२
काठमाडौं
शेखर कोइरालाले बोलाए आफूनिकट नेताहरूको बैठक
फाइल फोटो

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकटका नेताहरूको बैठक बोलाएका छन् ।

केन्द्रीय समितिको बैठक र अनुशासन समितिको कारबाहीपछि छलफल गर्न शेखरले आफू निकटका नेताहरूको बैठक बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘भोलि बिहान ८ बजे बालुवाटारस्थित उहाँकै सम्पर्क कार्यालयमा बस्ने गरी शेखर दाइले समूहको छलफल बोलाउनुभएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय समिति बैठकको समीक्षा, अनुशासनको कारबाहीसहितका समसामयिक विषयमा छलफल गर्ने जानकारी पाएका छौं ।’

बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र सिनियर नेताहरूलाई बोलाइएको छ ।

असार १६ गतेदेखि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा नेता कोइरालाले पार्टी महाधिवेशनको सुस्त तयारी, सरकारका काम गराइमा भएको अलमल, गठबन्धनका बेफाइदासहितका विषय निर्मम समीक्षा गरेका थिए ।

तर बैठकले कर्मकाण्डी निर्णय गरेको विषयलाई शेखर पक्षले रुचाएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्