
दार्चुला, २३ मंसिर—दार्चुलामा प्रदेश सभा सदस्यतर्फ दुबै क्षेत्रमा बाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।
प्रदेश क मा एमालेका गेल्बु सिह बोहरा १६०५३ मतसहित विजयी भए । निकटतम प्रतिद्धन्दी काङ्ग्रेसका मदन गिरिले १२५९८ मत ल्याए ।
प्रदेश ख मा माओबादी केन्द्रका मानबहादुर धामी १२९५६ मतसहित विजयी हुँदा काङ्ग्रेसका जगदिसबहादुर पाल ९५७५ ले मत ल्याएर पराजित भए ।