१९ असार २०८३, शुक्रबार

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

असार २६, २०८२
पर्सा
पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ । 

पर्सास्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे  बालक बजरङ्गी रौनियारको डुबेर मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो । 

प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताउँदै उनले भने, 'अस्पतालले बुधबार बेलुका  बालकको मृत्यु भएको  जानकारी दिएको छ ।'

salt training

कमेन्ट गर्नुहोस्