
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।
बैठकमा समसामयिक परिस्थितिबारे छलफल चलिरहेको नेताहरूले जनाएका छन् ।
पछिल्लो समय देशभर बाढी पहिरोले पुर्याएको क्षति, उद्धार र राहतमा सरकारको भूमिकाको विषयमा समेत बैठकमा हुनेछ ।
पार्टीको संगठनात्मक सुदृढीकरण, सदनमा पार्टीको भूमिका, सरकारको काम कारबाहीलगायतका विषयमा पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।