
ललितपुर २३ मंसिर– ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल विजयी भएकी छिन् ।
२४ हजार ३६ मतसहित भुसाल विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्न्दन्दी नेपाली कांग्रेसका मदन अमात्यले २२ हजार ३ सय ३६ मत पाए ।
२०६४ सालको संविधानसभा चुनावमा पनि भुसालले यही क्षेत्रवाट विजयी भएकी थिइन् ।