
रसुवाको ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीले बगाएकाहरूमध्ये थप २ जनाको शव फेला परेको छ । चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित व्यारेज पुलमा शव फेला परेको हो ।
अन्य वेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मिले भोटेकोशी र त्रिशूलीको दुवै किनारामा खोजीकार्य जारी राखेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।
असार २४ गते मध्यरातमा आएको बाढीले ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका थिए । हालसम्म ६ जनाको शव फेला परेको छ भने ५ वटा मानव अंग फेला परेको छ । फेला परेको शवमध्ये १ वटा शवको मात्र पहिचान हुन सकेको उनको भनाइ छ ।