०१ असार २०८३, सोमबार

४० कटेपछि रमाउला भन्ने गीतमा नअल्मलिन प्रधानमन्त्रीको आग्रह

असार २७, २०८२
काठमाडौं
४० कटेपछि रमाउला भन्ने गीतमा नअल्मलिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गतिसँगै हुनुपर्नेमा जोड दिएका हुन् । 

विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने उनको भनाइ छ । 'मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदम चाल्नुपर्छ,' उनले भने, 'सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान अर्को छैन । जनसङ्ख्याबारे गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनासका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन । जनसाङ्ख्यिक असन्तुलनलाई कायम रहन दिनु हुँदैन ।'

प्रधानमन्त्री ओलीले सरकारले २० वर्षपछि विवाह गर्ने कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न आग्रह गरे । ४० कटेपछि रमाउला भन्ने गीतमा नअलमलिने उनले आग्रह गरे ।

सन्ताले डाँडाकाढा ढाकुन् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति भएकातर्फ उनले चिन्ता व्यक्त गरे ।


 

salt training

कमेन्ट गर्नुहोस्