२९ जेठ २०८३, शुक्रबार

बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

असार २७, २०८२
काठमाडौं
बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

प्रहरीले रु ९० लाख बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका– २४ का २८ वर्षीय धर्मेन्द्रकुमार पटेललाई पक्राउ गरी आज सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । 

उनले भने, 'प्रतिवादी पटेल भएको रु ९० लाख बिगो रकमको बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।'

salt training

कमेन्ट गर्नुहोस्