१० साउन २०८३, आइतबार

नाचघरमा 'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन

असार २८, २०८२
काठमाडौं
नाचघरमा 'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन शुरू हुने भएको छ । इभेन्टस फर युले शनिबारबाट काठमाडौंको राष्ट्रिय नाचघरमा ओरियन्टेसन शुरू गर्न लागेको हो । 

पहिलोपटक नेपालमा महिलाहरूको अगाडि उपनाम नथपियोस् भनेर यो कार्यक्रम आयोजना गर्न लागिएको इभेन्टस फर युका अध्यक्ष विशाल गुरुङ्गले बताए । 

नेपाली समाजमा महिलाहरूमा विभिन्न उपनाम थप्ने प्रचलन रहेकाले त्यो उपनाम हटाउने उद्देश्यसहित यो इभेन्ट आयोजना गरिएको उनले बताए ।

एकल महिला, डिभोर्सी महिला,विवाहित वा अविवाहित महिला भन्ने चलन छ,’ अध्यक्ष गुरुङले भने,’ छोरी मानिसले जन्मँदै आफ्नो पहिचान लिएर आएकाले अन्य नाम थप्ने काम हुँदैछ । हामी यो इभेन्टमार्फत छोरी मानिस छोरी नै रहनुपर्छ भन्ने सन्देश दिन चाहन्छौं । छोरी मानिसलाई छोरीको रुपमा रहन दिऔँ । महिलाको अगाडि विभिन्न नाम थप्न हुँदैन  यसले गर्दा महिलाको आफ्नो सक्कली परिचय गुम्छ ।'

उनका अनुसार मिस इन्टरनेशनलमा सहभागी हुन १८ देखि ५० वर्षको उमेर समूहको हुनुपर्नेछ । विवाहित तथा अविवाहित सबै महिलाले सहभागिता जनाउन सक्ने छन् ।

सहभागी शुल्क ५० रुपैयाँ राखिएको गुरुङ्गले जानकारी दिए । सहभागी हुन जिनो पे अनलाइनबाट फारम भर्न सकिन्छ । इभेन्टबाट विजेतालाई पहिलो, दोस्रो र तेस्रो भनेर वर्गीकरण नगर्ने उनले जानकारी दिए । 

३ जना विजेतालाई सिधैं अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाइने उनले बताए । मिस एशिया, मिस गाल्म वल्ड र मिस ग्लोबलमा सहभागी गराइने उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्