
काठमाडौं, २३ मंसिर- सबैको चासोको केन्द्र रहेको कैलाली क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्रीपत्नि आरजु राणा देउवा झण्डै २ हजार मतले पछाडि परेकी छिन् ।
पछिल्लो मतपरिणामअनुसार नेपाली काँग्रेसकी उम्मेद्वार राणाले ९ हजार ७ सय ३४ मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नारदमुनी रानाले ११ हजार ५४ मत पाएका छन् ।