
विश्व फूटबल महासंघ (फिफा)ले अखिल नेपाल फूटबल संघ (एन्फा)माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटेको छ ।
आर्थिक अपारदर्शिता र भ्रष्टाचारको आरोपमा फिफाले २०२१ मार्चमा एन्फामाथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो । उक्त 'कन्ट्रोल फन्डिङ' १० जुलाई २०२५ को निर्णयअनुसार हटाइएको फिफाको पत्राचार प्राप्त भएको एन्फाले जनाएको छ ।
'१० जुलाई २०२५ को निर्णयअनुसार फिफाबाट कायम रहेको 'कन्ट्रोल फन्डिङ' हटाइएको फिफाको पत्राचारबाट जानकारी प्राप्त भएको छ । साथै समग्र विकास आर्थिक पारदर्शिता, सुशासन र फूटबल खेल प्रवर्द्धनमा उत्कृष्ट योगदान गरेवापत AFC Member Association Of The Year (Gold) Award 2024 बाट पनि सन् २०२४ अक्टोबर २९ तारिखका दिन एएफसीबाट पुरस्कृत भएको थियो,' एन्फाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘कन्ट्रोल फन्डिङ’को बन्देज हटेसँगै एन्फाले विभिन्न पूर्वाग्रही र स्वार्थ समूहहरूले फूटबलको विकासमा अवरोध ल्याउन खोजे पनि सत्यताले विजय प्राप्त गरेको जनाएको छ ।

