२९ जेठ २०८३, शुक्रबार

अल्बानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

असार २८, २०८२
काठमाडौं
अल्बानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा  २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ बस्ने उदयपुर त्रियुगा नगरपालिका-९ घर भएकी ३५ वर्षीया बिमला दनुवार र काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने कास्की पोखरा महानगरपालिका-२६ घर भएकी ४८ वर्षीया रामकुमारी रोक्का मगर रहेका छन् । 

पक्राउ परेकामध्ये बिमलाले ४ जना पीडितबाट ८ लाख रूपैयाँ र रामकुमारीले २ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिमलालाई काठमाडौं महानगरपालिका-७ बाट र रामकुमारीलाई नागार्जुन नगरपालिका-१ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्