
काठमाडौं,२३ मंसिर– दोलखामा एमालेका प्रतिनिधिसभा उम्मेदवार पार्वत गुरुङ विजयी भएका छन् । उनले ५५ हजार ९ सय ५४ मत पाप्त गरेका छन् भने, उनका प्रतिस्पर्धी कांग्रेसका रुद्र बहादुर खड्काले २५ हजार ८ सय १ मत ल्याए । गुरुङ र खड्का बिच ३० हजार एक सय ५३ मतान्तर रहेको छ ।
त्यस्तै प्रदेशसभा क मा निर्वाचनमा पनि माओवादी केन्द्रका बिशाल खड्का बिजयी भएका छन् । उनी २८ हजार ३ सय ५० मतसहित बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार बर्मा लामाले १२ हजार ९ सय ५६ मत पाप्त गरेका छन् ।