सर्लाहीको विष्णु गाउँपालिका-७ दुल्वा टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
२६ वर्षीय कपलेश्वर रायको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।