१० असार २०८३, बुधबार

कार्बन व्यापारको लाभ समान रूपमा वितरण हुनुपर्छः महामन्त्री थापा

असार २८, २०८२
काठमाडौं
कार्बन व्यापारको लाभ समान रूपमा वितरण हुनुपर्छः महामन्त्री थापा

 नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापारको लाभ सबैलाई समान रूपमा वितरण गर्नुपर्ने बताएका छन् ।

थाइल्याण्डमा आयोजित एसिया क्लाइमेट समिटलाई आज सम्बोधन गर्दै महामन्त्री थापाले विगतको स्वच्छ विकास सयन्त्रमा नेपालले अपेक्षित लाभ लिन नसकेको उल्लेख गरे । 

उनले भने– “यसपटक भने विगतका गल्तीहरू नदोहो¥याउने गरी कार्बन व्यापारसँग सम्बन्धित काम गर्ने हाम्रो चाहना रहेको कुरा मैले जानकारी गराएँ । नेपालसँग कार्बन क्रेडिटमार्फत विकास वित्तको ठूलो अवसर छ । हाम्रो वन–जङ्गल, नवीकरणीय ऊर्जा र दिगो परियोजनाहरूले कार्बन व्यापारमा महत्वपूर्ण योगदान दिन सक्छ ।”

सम्मेलनमा विभिन्न देश र कम्पनी नेपाल सरकार र निजी क्षेत्रसँग काम गर्न इच्छुक रहेको पाइएको महामन्त्री थापाले बताए ।  महामन्त्री थापा आजै स्वदेश फर्किएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्