११ साउन २०८३, सोमबार
आइतबारको मौसम

आइतबार चार प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने

असार २९, २०८२
काठमाडौं
आइतबार चार प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने

आइतबार देशका चार प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्