११ साउन २०८३, सोमबार
राप्रपा विवाद

लिङ्देनविरुद्ध उजुरी लिएर धवलसहित निर्वाचन आयोग पुगे नवराज सुवेदी

असार २९, २०८२
काठमाडौं
लिङ्देनविरुद्ध उजुरी लिएर धवलसहित निर्वाचन आयोग पुगे नवराज सुवेदी

राप्रपाको अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता नवराज सुवेदी उजुरी लिएर निर्वाचन आयोग पुगेका छन् । नवराजलाई साथ दिँदै राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालगायतका नेताहरू पनि आयोग पुगेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदी पार्टीमा नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिबाट उनलाई हटाएका थिए । उनको स्थानमा रोशन कार्कीलाई अध्यक्ष बनाइएको छ ।

आफू राप्रपाबाट अलग नभएको दाबी गर्दै अध्यक्षको कदमविरुद्ध सुवेदी आयोगमा उजुरी गर्न पुगेका हुन् ।

सुवेदीले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिएलगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । उनले राप्रपामा लिखित राजीनामा भने बुझाएका छैनन् ।

यस्तो छ सुवेदीको उजुरी :

salt training

कमेन्ट गर्नुहोस्