०२ साउन २०८३, शनिबार
पूर्वपञ्चको पार्टीमा कलह

लिङ्देनविरुद्ध उजुरी लिएर निर्वाचन आयोग पुगेका नेताहरूले भने– पार्टी विभाजन हुँदैन

असार २९, २०८२
काठमाडौं
लिङ्देनविरुद्ध उजुरी लिएर निर्वाचन आयोग पुगेका नेताहरूले भने– पार्टी विभाजन हुँदैन

अध्यक्ष राजेन्द्र लिङदेनले स्वेच्छाचारी ढंगले आफूलाई अनुशासन समितिबाट हटाएको भन्दै राप्रपा नेता नवराज सुवेदी निर्वाचन आयोग पुगेका छन् । महामन्त्री धवलशमशेर जबरासहितका नेतालाई लिएर सुवेदी आइतवार आयोग पुगेका हुन् ।

आफूलाई अनुशासन आयोगबाट हटाउने निर्णय बदर गर्न माग गर्दै सुवेदीले आयोगमा निवेदन दिएका छन् । राजतन्त्र पुनःस्थापना संघर्ष समितिको संयोजक समेत रहेका सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर लिङदेनले रोशन कार्कीलाई जिम्मा दिएका थिए ।

आयोगमा निवेदन दिएपछि सुवेदीले अध्यक्षको स्वेच्छाचारी निर्णय प्राकृतिक न्यायको खिलापमा रहेकोले आयोगमा धाउनु परेको बताए । ‘किन कारबाही  गरियो ? मलाई सोधिएको पनि छैन, मैले मिडियाबाट थाहा पाएँ, मलाइ निकाल्नु भयो,’ उनले भने, ‘ पार्टीमा भएको अन्यायको खिलापमा हामी यहाँ आएका हौं । पार्टी बलियो होस्, पार्टीभित्र षडयन्त्र नहोस् भनेर आयौं । पार्टी फुट्दैन ।

महामन्त्री धवलशमशेर जबराले पार्टीलाई सहमतिमा चलाऔं, लामो योगदान भएकालाई पार्टीबाट निकाल्ने काम नहोस् भनेर आयोग धाउनु परेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्