
काठमाडौंको कीर्तिपुरमा पानीमा डुबेर १ जनाको मृत्यु भएको छ ।
कीर्तिपुर नगरपालिका- ६ चोभारस्थित पानी जमेको खाल्डोमा डुबेर काठमाडौं महानगरपालिका कुलेश्वर बस्ने दोलखाका ११ वर्षीय विवेश तामाङको आइतबार बिहान मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।