०५ साउन २०८३, मंगलबार

क्लब विश्वकप : चेल्सी च्याम्पियन, पीएसजी स्तब्ध

असार ३०, २०८२
काठमाडौं
क्लब विश्वकप : चेल्सी च्याम्पियन, पीएसजी स्तब्ध

इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई ३-० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।

अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा चेल्सीलाई उपाधि जिताउन ल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे । चेल्सीले पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । रक्षात्मक रणनीतिमा उत्रिएको चेल्सीले तीनै गोल काउन्टर अट्याकमा गरेको थियो । 

पाल्मरले २२ औं मिनेटमा चेल्सीलाई अघि बढाएका थिए । ३० औं मिनेटमा पाल्मरले दोस्रो गोल गर्दै चेल्सीलाई बलियो स्थितिमा पुर्‍याए । 

४३औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३-० ले अघि बढाए । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेको पीएसजी फाइनलमा भने चल्न सकेन । दोस्रो हाफको ८५ औं मिनेटमा पीएसजी १० खेलाडीमा सिमित भएको थियो । जोआओ नेभेसले मार्क कुकुरेलाको कपाल तानेपछि रेफ्रीले भीएआरको सहायता लिँदै रातो कार्ड दिएका थिए ।

चेल्सीका कोल पाल्मर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि चुनिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि दर्शकको रूपमा मेटलाइफ स्टेडियममा उपस्थित थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्