३१ जेठ २०८३, आइतबार

गाजाको शरणार्थी शिविरमा इजरायली ड्रोन आक्रमण, ६ बालबालिकासहित १० जनाको ज्यान गयो

असार ३०, २०८२
काठमाडौं
गाजाको शरणार्थी शिविरमा इजरायली ड्रोन आक्रमण, ६ बालबालिकासहित १० जनाको ज्यान गयो

गाजा सहरको केन्द्रमा रहेको अल-नुसेरात शरणार्थी शिविरमा आइतबार पानी भर्ने क्रममा इजरायली ड्रोन आक्रमण हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । जसमा ६ बालबालिका पनि परेका छन्। गाजाको आपतकालीन सेवाका अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्।

घटनाको सम्बन्धमा इजरायली सेनाले एक आतंकवादीलाई लक्ष्य बनाएर हमला गरिएको दाबी गरेको छ। तर, प्राविधिक त्रुटिका कारण गोली लक्षित ठाउँभन्दा केही मिटर पर खस्दा सर्वसाधारण नागरिकको ज्यान गएको स्वीकारिएको छ।

ड्रोन आक्रमण भएको स्थानमा पानी ट्याङ्कर नजिक लाइनमा उभिएका मानिसहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरिएको थियो। इजरायली रक्षा बलले निर्दोष नागरिकको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै घटनाको समीक्षामा रहेको जनाएको छ।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, "हामी नागरिक क्षति न्यून पार्न सक्दो प्रयास गर्छौं र निर्दोष नागरिकहरूलाई क्षति पुगेमा गहिरो खेद व्यक्त गर्छौं।"

salt training

कमेन्ट गर्नुहोस्