
गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको एघारौं महाधिवेशनबाट मिन बहादुर श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।
केन्द्रीय प्रतिनिधि परशुना कंडेलका अनुसार आइतवार सम्पन्न महाधिवेशनमा सबै पदमा निर्विरोध निर्वाचित गरिएको हो।
कार्यसमितिको उपाध्यक्षमा लाल बहादुर सोडारी चन्द, महिला उपाध्यक्षमा निर्मला शाही, महासचिवमा राजु बस्नेत खप्तडी, र कोषाध्यक्षमा निरज सोडारी चन्द चयन भएका छन्।
महिला प्रतिनिधिमा यामकला पौडेल र युवा प्रतिनिधिमा मान बहादुर बिक चयन भएका छन्। सदस्यहरूमा सन्दिपा गुरुङ, रम्बा तामांग, प्रकाश तामांग र कृष्ण महर्जन छन्।
आईसीसी सदस्यमा लोक बहादुर पुन निर्वाचित भएका छन्।