
झापा २३ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
झापाका पाँचवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन् । झापा ५ मा ओलीले ११ हजार ४ सय ६६ मत पाउँदा कांग्रेसका खगेन्द्र अधिकारीले ५ हजार १ सय ५ मत पाएकी छिन् ।
झापा ३ मा कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई वामपन्थीको समर्थन रहेका राप्रपाका राजेन्द्र लिङदेनले पछाडि पारेका छन् ।
सिटौलाले ७ हजार १ सय ५८ भोट पाउँदा लिङदेनले ९ हजार ५ सय ७७ मत प्राप्त गरेका छन् ।
यस्तै झापा १ मा कांग्रेस युवा नेता विश्वप्रकाश शर्मालाई माओवादी केन्द्रका राम कार्कीले निरन्त पछि पारेका छन् ।
विश्वप्रकाशले १० हजार २ सय ६५ र माओवादीका सुरेन्द्र कार्कीले ११ हजार ४७ भोट पाएका छन् ।