०६ असार २०८३, शनिबार

करेन्ट लागेर २ जनाको मृत्यु

असार ३०, २०८२
काठमाडौं
करेन्ट लागेर २ जनाको मृत्यु

झापा र रुपन्देहीमा करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको छ । 

झापाको बिर्तामोड नगरपालिका-१० पथरभिट्टा बस्ने ५३ वर्षीय पुष्प पोखरेलको करेन्ट लागेर आइतबार राति मृत्यु भएको  हो ।

सोही ठाउँस्थित आफ्नै निर्माणाधीन घरमा पानी हाल्नका लागि विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका-६ लोधपुरवा बस्ने २५ वर्षीय अनिल प्रसाद मौर्यको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । 

आफ्नै घरमा रहेको टेबल पंखामा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्