३० जेठ २०८३, शनिबार

बाजुरामा नदीले बगाएर १ जनाको मृत्यु

असार ३०, २०८२
बाजुरा
बाजुरामा नदीले बगाएर १ जनाको मृत्यु

बाजुराको बूढीगङ्गा नगरपालिकामा बूढीगङ्गा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बूढीगङ्गा– २ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

उनका अनुसार बूढीगङ्गा–३ र ६ मा पर्ने बूढीगङ्गा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले बगाएर उनको मृत्यु भएको हो ।

दाउरा ल्याउन गएका बुढथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको प्रहरी नायब उपरीक्षक हवारीले बताए । 

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्