
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रमुख दुई दलको अहंकारले देशमा जन विद्रोहको खतरा रहेको दाबी गरेका छन् ।
उनले कांग्रेस–एमालेले संसद्लाई बिचौलियाको खेल मैदान बनाएको आरोप लगाए ।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले दुई ठूला दल मिल्दा जस्तो गरे पनि हुन्छ भनेर निरंकुश अहंकार बढेको आरोप लगाएका हुन् ।
‘व्याप्त भ्रष्टाचार, अराजक र बेथितिले समाज आक्रान्त छ । गम्भीर समीक्षासहित सच्चिनका लागि कठोर निर्णय गर्नतिर नलाग्ने हो भने निकै ठूलो विस्फोट तिर जाने अवस्था छ,’ प्रचण्डले भने ।
उनले कांग्रेस–एमाले गठबन्धनले स्वार्थ प्रेरित काम गरिरहेको आरोप लगाए ।