०८ साउन २०८३, शुक्रबार

एमालेकै सांसदले मागे मन्त्री गुप्ताको राजीनामा

असार ३०, २०८२
काठमाडौं
एमालेकै सांसदले मागे मन्त्री गुप्ताको राजीनामा

नेकपा एमालेका सांसद किरणकुमार साहले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको राजीनामा माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद साहले मन्त्री गुप्तालाई बर्खास्त गर्न माग गरेका हुन् ।

‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्यूलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस्,’ सांसद साहले भने ।

रौतहटबाट स्वतन्त्र चुनाव जितेका सांसद साह पछि नेकपा एमाले प्रवेश गरेका थिए । उनी संसद्को महिला, बालबालिका तथा समाजकल्याण समितिको सभापति छन् ।

प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि घुस काण्डका मुछिएका मन्त्रीहरूको राजीनामा माग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्