०३ असार २०८३, बुधबार
संसद्‌मा प्रचण्डको सम्बोधन

‘अदालतको कार्यशैली र निर्णय प्रक्रिया कस्तो छ, नेपाली जनता मात्र होइन दुनियाँले हेरिरहेको छ’

असार ३०, २०८२
काठमाडौं
‘अदालतको कार्यशैली र निर्णय प्रक्रिया कस्तो छ, नेपाली जनता मात्र होइन दुनियाँले हेरिरहेको छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको कार्यशैली र निर्णय प्रक्रिया सम्बन्धमा प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा विपक्षी दलको नेता समेत रहेका प्रचण्डले अदालतको कार्यशैलीबारे प्रश्न उठाएका हुन् । उनले मुद्दा विशेषको प्रसङ्ग नउठाइ अदालतको कार्यशैलीमा प्रश्न गरेका हुन् ।

‘अहिले आमनेपाली जनताले मात्र होइन पूरा दुनियाँले हेरेको छ- हाम्रो अदालतको कार्यशैली कस्तो छ, निर्णय प्रक्रिया कस्तो छ । हाम्रो संवैधानिक निकायहरू कुन वैधानिक र आधिकारिक मान्यतामा बन्ने र भत्किने गरेका छन् । हाम्रा संसदीय समिति र संसद् कुन अथोरिटी कुन मूल्य र मान्यतामा टेकेर अगाडि बढेका छन् दुनियाँले हेरिराखेको छ । हामी सबैको लागि चुनौती बनेको छ’ प्रचण्डले भने ।

संवैधानिक निकायका पदाधिकारीको नियुक्ति सम्बन्धी संवैधानिक इजलासको फैसलालाई लिएर बहस भइरहेको समयमा प्रचण्डले अदालतको कार्यशैलीप्रति टिप्पणी गरेका हुन् । संसद्‍मा लिखित भाषण पढेका प्रचण्डले अदालतको प्रसङ्ग भने लिखित सकिएपछि बोलेका थिए ।

‘हामी थुप्रै मतभेदका बाबजुद शान्ति सम्झौता, गणतन्त्रका सहयात्री हौं । हामीले आत्मसमीक्षा नगर्ने र सच्याउने कठोर कदम चाल्ने संकल्प नगर्ने हो भने जनताको धैर्यताको सीमा सधैँ रहिराख्छ भन्ने छैन’ प्रचण्डले भने ।

झण्डै एक घण्टा लामो सम्बोधनका क्रममा प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकारको कठोर आलोचना गरेका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्