१० साउन २०८३, आइतबार
तीन दलको बैठक

जसपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको प्रस्ताव

असार ३०, २०८२
काठमाडौं
जसपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपाललाई पनि सहरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको का‌ंग्रेस, एमाले र जसपा नेपालबीचको बैठकमा प्रधानमन्त्री ओलीले उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । 

सरकारलाई समर्थन गरेपनि उक्त पार्टी सरकारमा भने सहभागी छैन । बरु उक्त पार्टीले केही अघि समर्थन फिर्ता लिने निर्णय लिएको थियो । तर त्यसको औपचारिक कार्यान्वयन भने गरिसकेको छैन । 

यस्तो अवस्थामा सोमबारको बैठकमा ओलीले समर्थन फिर्ता लिने नभई अब सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । 

बैठकमा सहभागी सो पार्टीका नेता राजकिशोर यादवले जसपा नेपाललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गरेको बताए । 

जवाफमा आफूहरूले पार्टीले राखेका मागहरू पूरा भएको खण्डमा सरकारमा सहभागी हुन पनि सकिने धारणा राखेको उनको भनाइ थियो । 

उक्त बैठकले सरकारको कामकारबाहीलाई अझ प्रभावकारी बनाएर लैजाने निर्णय गरेको अर्का एक नेताले बताए । 

बैठकमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्