०७ साउन २०८३, बिहीबार

राजसंस्था पुनर्स्थापनाका लागि स्वतन्त्र नागरिक आन्दोलनको तयारी

असार ३१, २०८२
काठमाडौं
राजसंस्था पुनर्स्थापनाका लागि स्वतन्त्र नागरिक आन्दोलनको तयारी

 राजसंस्था पुनर्स्थापनाका लागि सक्रिय संयुक्त जनआन्दोलन परिचालन समितिले स्वतन्त्र नागरिक आन्दोलनको नयाँ चरण घोषणा गर्ने तयारी गरेको छ।

संयोजक नवराज सुवेदीले आफ्नो पुरानै पार्टीमा फर्किने निर्णय गरेको भन्दै आन्दोलनलाई पुनः स्वतन्त्र र साझा नागरिक स्वरूपमा अघि बढाउने निर्णय लिएको समितिका प्रवक्ता स्वागत नेपालले बताए । 

नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कुनै पनि दलको आबद्धता नराखी, स्वतन्त्र नागरिक आन्दोलनमार्फत टोलदेखि राष्ट्रसम्म संरचना निर्माण गरी शान्तिपूर्ण तर रोक्न नसकिने आन्दोलन छिट्टै सार्वजनिक गरिनेछ।”

समितिले आन्दोलन रोकिएको नभइ नयाँ ऊर्जा र सिर्जनशील ढंगमा अघि बढिरहेको दाबी गरेको छ। 
युवा पुस्तालाई आन्दोलनको नेतृत्वमा उभिन आह्वान गर्दै समितिले चाँडै देशव्यापी संरचना र नयाँ चरणको कार्यक्रम पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्