
दाङको बबई गाउँपालिका-५ छहरास्थित बबई नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-७ भुमरे बस्ने १७ वर्षीय विधान केसी र सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय कुशल बुढा मगर रहेका छन् ।
सोमबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हापुरे र इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।