२५ जेठ २०८३, सोमबार

युवतीको शव फेला परेको ४ दिनसम्म पनि हुन सकेन पहिचान

असार ३१, २०८२
विराटनगर
युवतीको शव फेला परेको ४ दिनसम्म पनि हुन सकेन पहिचान

गत शनिबार मोरङको बूढीगंगामा सडेको अवस्थामा फेला परेको युवतीको शवको पहिचान ४ दिन बित्न लाग्दा पनि हुन सकेको छैन । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।​

बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकै नग्न अवस्थामा युवतीको शव फेला परेको थियो । मृतक २० वर्षमुनिको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

मोरङ प्रहरी प्रवक्ता, डीएसपी कोपिला चुँडालका अनुसार शव किरा परेको अवस्थामा भेटिएकाले पहिचान गर्न समस्या भएको बताइन् । 

‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं,’ उनले भनिन्, ‘हामीले हाम्रा निकायमा सबैतिर पत्राचार पनि गरेका छौं ।’

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार शरीरको माथिल्लो भागको भित्री कपडा मात्रै लगाएको अवस्थामा शव फेला परेको थियो । कम्मरदेखि मुनिको भागमा कपडा थिएन् । घटनास्थलमा मृतकले लगाएका कपडा र चप्पल फेला परेका छन् ।  पाइन्टलगायतका कपडा, चिम्टी र चप्पल खोलेर छेउमा राखेको अवस्थामा फेला परेको थियो ।

‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट बलात्कारपछि हत्या गरेर शव फालेको जस्तो देखिएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।

अहिलेसम्म मृतकका आफन्तले कुनै सूचना नदिएका कारण ती युवती भारतीय हुनसक्ने प्रहरीको अनुमान रहेको छ । महिला हराएको भनेर कोही पनि प्रहरीको सम्पर्कमा नआएकाले अनुसन्धानमा समस्या भएको डीएसपी चुँडालले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्