
आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दसमलव ०३ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ६६ हजार नौ सय हेक्टरमा रोपाइँ भइसकेको छ ।
सबैभन्दा बढी लमजुङमा ८६ दसमलब २२ प्रतिशत, कास्कीमा ७७ दसमलब ०७ प्रतिशत, नवलपुरमा ७५ दसमलब ३९ प्रतिशत, तनहुँमा ७४ दसमलब ५९ प्रतिशत, बागलुङमा ६७ दसमलब ०२ प्रतिशत, म्याग्दीमा ६५ दसमलब ६९ प्रतिशत, स्याङ्जामा ६२ प्रतिशत, गोरखामा ६१ दसमबल २४ र पर्वतमा ६० प्रतिशत रोपाइँ भएको हो ।
यही असार १५ सम्ममा प्रदेशमा जम्मा २८ प्रतिशत रोपाइँ भएकामा त्यसयता नियमित वर्षा भएपछि दुई सातामै ७१ प्रतिशत पुगेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताए ।