१२ साउन २०८३, मंगलबार

आलोचना भएपछि बाबुरामको नयाँ शक्तिद्वारा पार्टीको झण्डा र चुनाव चिन्ह परिवर्तन

कात्तिक २०, २०७४
आलोचना भएपछि बाबुरामको नयाँ शक्तिद्वारा पार्टीको झण्डा र चुनाव चिन्ह परिवर्तन
काठमाडौं, ६ माघ– नयाँ शक्ति नेपालले पार्टीको चुनाव चिन्ह र झन्डा फेरेको छ । निर्वाचन आयोगको सुझावअनुसार बाबुराम भट्टराई नेतृत्वको सो पार्टी झण्डा र चुनाव चिन्ह फेरेको हो । चुनाव चिन्ह र झण्डा फेर्ने बारेको निर्णय बिहिबार बसेको पार्टीको बैठकले गरेको हो ।
पार्टीले निर्वाचन आयोगमा एउटा तारा भएको झण्डा र तारै चुनाव चिन्ह स्वीकृतिका लागि निवेदन दिएको भएपनि आयोगले तारा दिन नमिल्ने भनेपछि फेर्ने गृहकार्यमा लागेको थियो ।
नयाँ निर्णयअनुसार अब चुनाव चिन्ह आँखा र झण्डा पाँचतारे हुने नेता पासाङ शेर्पाले बताए ।
यसअघि माओवादी केन्द्र निकट वाइसियलले आफ्नो झण्डा नयाँ शक्तिले नक्कल गरेको समेत आरोप लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्