
डोटी जिल्लामा ११ दशमलव ६८ प्रतिशत जनसङ्ख्या मात्रै स्वास्थ्य बिमाको सहज पहुँच पुगेको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको जनसङ्ख्या दुई लाख चार हजार आठ सय ३१ रहेकोमा २३ हजार नौ सय १५ जनाले मात्रै स्वास्थ्य बिमा गरेको पाइएको छ । स्वास्थ्य कार्यालय डोटीले आज पत्रकारसँगको अन्तरक्रियामा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा गर्नेको जनसङ्ख्या २२ प्रतिशत रहेको छ । जिल्लामा स्वास्थ्य बिमा गर्ने घरपरिवारको सङ्ख्या नौ हजार दुई सय ५५ रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।