नेपाल आयाल निगमले पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।
निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले गएरातदेखि लागूहुने गरी पेट्रोलको मूल्य घटाएको हो ।
यस्तै डिजेल तथा मट्टितेलको मूल्य पनि १ रुपैयाँ घटेको छ ।
यससँगै अब पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा १६० रुपैयाँ र डिजेलको १४८ रुपैयाँ कायम भएको छ ।
भारतबाट घटेर आएकाले निगमले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरेको हो। 