
चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि कुल २ अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ ।
नगरसभाको १६ औं अधिवेशनले चालुखर्चतर्फ रु एक अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च रु १ अर्ब ७० करोड ६८ लाख रहेको छ । सभामा नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नगर प्रमुख घनश्याम गिरी बहुमतबाट आव २०८२ /८३ को बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिँदै बजेटले नगरवासीको माग सम्बोधन हुने विश्वास व्यक्त गरे ।
उनले बजेट कार्यान्वयनमुखी रहेको स्पष्ट पार्दै सहमति, सहकार्य र एकताको माध्यमबाट नगरको समृद्धिमा जुट्न आह्वानसमेत गरे ।