१९ असार २०८३, शुक्रबार

एक हजार दरका नयाँ नोट छापिँदै, चित्र र आकार स्वीकृत

असार ३२, २०८२
काठमाडौं
एक हजार दरका नयाँ नोट छापिँदै, चित्र र आकार स्वीकृत

सरकारले एक हजार दरका नयाँ नोट छाप्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गरेको छ । 

यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नोट छपाइको स्वीकृतिसँगै नोटको चित्र र आकार पनि स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

‘नेपाल राष्ट्र बैंकबाट एक हजार रूपैयाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

डा. विश्व पौडेल गभर्नर बनेपछि राष्ट्र बैंकले उनको हस्ताक्षर भएको पहिलो नोट छाप्न लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्