०९ असार २०८३, मंगलबार

निजी क्षेत्रलाई आयोडिनयुक्त नूनको कारोबार गर्न दिने निर्णयमा सर्वोच्चको ब्रेक

असार ३२, २०८२
काठमाडौं
निजी क्षेत्रलाई आयोडिनयुक्त नूनको कारोबार गर्न दिने निर्णयमा सर्वोच्चको ब्रेक

आयोडिनयुक्त नूनको कारोबार निजी क्षेत्रलाई सुम्पिने सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ ।

अधिवक्ता शीतल महर्जनलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार सरकारको उक्त निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल सरकारको मन्त्रीपरिषद्ले आयोडिनयुक्त नुन (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५ लागू गर्ने निर्णय गरी साउन १ गते (भोलि)बाट कार्यान्वयन गर्ने गरी गत वैशाख २२ गते राजपत्रमा सूचना प्रकाशन गरेको थियो ।

पछिल्लो छ दशकदेखि साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गर्दै आए पनि नयाँ ऐन कार्यान्वयनमा आएसँगै साल्ट ट्रेडिङबाहेक अन्य निजी उद्योगीले पनि आयोडिन नूनको आपूर्ति तथा कारोबार गर्न पाउने प्रावधान राखिएको थियो ।

सोही निर्णयविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश जारी गरेको हो ।

अब यो मुद्दाको किनारा नलाग्दासम्म साल्ट ट्रेडिङ कर्पोरेसनले मात्र नून बेच्न पाउने छ ।

salt training

कमेन्ट गर्नुहोस्