
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको छैटौं संशोधन स्वीकृत गरेको हो ।
संशोधित उक्त नियमावली नेपाल धितोपत्र बोर्डले बुधबारदेखि (असार ३२ देखि) लागू गरेको छ । संशोधित नियमावलीले सबै ब्रोकरहरूमार्फत् सेयर धितो कर्जा दिने बाटो खुलाइदिएको छ । अर्थात् सेयर धितो राखी बैंकबाट कर्जा लिँदै आएका लगानीकर्ताले बैंकसम्म धाउनु नपर्ने भएको छ ।
यसअघि ६० करोड न्यूनतम चुक्ता पुँजी भएका ब्रोकरहरूले सेयर धितो कर्जा प्रवाह गर्न पाउँथे भने अब सबै ब्रोकरहरूले सेयर धितो कर्जा प्रवाह गर्न पाउने भएका हुन् ।
यसका साथै न्यूनतम चुक्ता पुँजी चालू आर्थिक वर्षसम्म अर्थात् असार ३२ गतेसम्म पुर्याउनुपर्ने समय सीमा आगामी चैत मसान्तसम्म थप गरिदिएको छ ।
सेयर धितो कर्जा र मार्जिन ल्यान्डिङ दुवै फरक भए पनि नेपालमा मार्जिन ल्यान्डिङ कारोबार नहुने भएकाले सेयर धितो कर्जा र मार्जिन ल्यान्डिङलाई एकै रूपमा बुझ्ने गरिन्छ ।
ब्रोकरहरूलाई बोर्डले न्यूनतम २० करोड चुक्ता पुँजी पुर्याउन २०८२ असार मसान्तसम्म समय दिएको थियो । अब २०८२ चैत महिनासम्म चुक्ता पुँजी नपुगेकाहरूले समय थप पाएका छन् ।
संशोधनसँगै सञ्चालनमा रहेका सबै ब्रोकरहरू चलायमान हुने र लगानीकर्तालाई सुविधा हुने स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले बताए । करिब ७ वर्षदेखि सेयर धितो कर्जा दिन नसकेका ब्रोकहरूले अब दिन पाउने उनको भनाइ छ ।
अब ब्रोकर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न पाउने व्यवस्था समेत गरिएको छ । जसका लागि १ अर्ब चुक्ता पुँजी हुनुपर्नेछ ।
यस्तो छ छैटौं संशोधन: