२७ जेठ २०८३, बुधबार

राप्रपाले भ्रष्टाचारविरुद्धको अभियान सुरु गर्ने, साउन २ गते टंगालमा ज्ञापनपत्र बुझाउने

असार ३२, २०८२
काठमाडौं
राप्रपाले भ्रष्टाचारविरुद्धको अभियान सुरु गर्ने, साउन २ गते टंगालमा ज्ञापनपत्र बुझाउने

सरकारका मन्त्रीहरू र उच्च पदस्थ कर्मचारीहरू एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्डमा मुछिँदै गइरहेका बेला राप्रपाले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सुरु गर्ने घोषणा गरेको छ।

पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको जानकारीअनुसार, राप्रपाले साउन २ गते शुक्रबार दिउँसो १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, टंगालमा प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ।

असार १९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचारविरुद्ध व्यापक आन्दोलन गर्ने निर्णय गरेको र उक्त निर्णयअनुसार टंगालबाट अभियान सुरु हुने श्रेष्ठले जनाएका छन्।

उनका अनुसार, उक्त कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयंको नेतृत्वमा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहनेछ। साथै, राप्रपाले चरणबद्ध रूपमा अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका सम्बन्धित निकायहरूमा दबावमूलक कार्यक्रम सञ्चालन गर्दै जाने योजना बनाएको छ।

श्रेष्ठले सबै नागरिकलाई भ्रष्टाचारविरुद्धको यस अभियानमा सहभागी भइ समर्थन जनाउन आह्वान समेत गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्