०१ असार २०८३, सोमबार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमाअन्तर्गत प्रथम सेवा विन्दुको अनुमति

असार ३२, २०८२
काठमाडौं
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमाअन्तर्गत प्रथम सेवा विन्दुको अनुमति

 स्वास्थ्य बीमा बोर्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा विन्दु तथा रिफरल सेन्टरको रुपमा सेवा प्रदान गर्न अनुमति दिएको छ।

स्वास्थ्य बीमा बोर्डले यसअघि सार्वजनिक गरेको सूचनामा संघीय, विशेषज्ञ तथा प्रतिष्ठानस्तरीय अस्पतालहरूमा प्रथम सेवा विन्दु नरहने र प्रेषण केन्द्रको रुपमा मात्र रहने व्यवस्था थियो। तर, बीमित सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राखी तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको निर्णयअनुसार वैकल्पिक व्यवस्थाबारे एकिन गरी सो प्रतिष्ठानलाई सेवा प्रदान गर्न निर्देशन दिइएको हो।

स्वास्थ्य बीमा बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लद्वारा हस्ताक्षरित पत्रमा उल्लेख भएअनुसार हाललाई असोज मसान्तसम्म बीपी प्रतिष्ठानले प्रथम सेवा विन्दु र रिफरल सेन्टर दुवैको रुपमा सेवा दिन सक्नेछ।

यस निर्णयले धरान तथा आसपासका कोशी प्रदेशका हजारौं बीमित नागरिकहरूलाई स्वास्थ्य सेवामा सहजता र पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

स्वास्थ्य बीमा बोर्डको कोशी प्रदेश कार्यालय र सुनसरी जिल्ला सम्पर्क शाखालाई आवश्यक सहजीकरण गर्न अनुरोध गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्