
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको उनले बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् उनले तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्ने उल्लेख गरेका छन् ।
सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको उनको भनाइ छ ।
'कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ। तीन सिफ्टमा काम गर्दा पनि वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ,' उनले लेखेका छन्, 'तर अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ । सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौं।'