०२ असार २०८३, मंगलबार

इलाममा छुरा प्रहार गरेर दाजुको हत्या, भाइ घाइते

साउन १, २०८२
विराटनगर
इलाममा छुरा प्रहार गरेर दाजुको हत्या, भाइ घाइते

इलामको सूर्योदय नगरपालिका–१ भालुखोकमा गएराति एक युवकको हत्या भएको छ। छुरा प्रहारबाट २२ वर्षीय निरोज चापागाईंको मृत्यु भएको हो।

निरोजको ससुराली घर नजिकै भालुखोकका ३३ वर्षीय किरण शेर्पाले धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मान बहादुर राईले जानकारी दिए।

घटनामा निरोजका भाइ प्रकाश पनि घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका प्रकासको झापाको विर्तासिटी अस्पताल झापामा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

 शेर्पा सूर्योदय वडा नम्बर १ का वासिन्दा हुन् भने मृतक निरोज चापागाईं वडा नम्बर २ का हुन्। फरक वडाका भए पनि उनीहरूबीच पहिलेदेखि नै चिनजान भएको प्रहरीले जनाएको छ। 

शेर्पासमेत घाइते भएका छन् । उनको उपचार इलामकै स्वास्थ्य संस्थामा भइरहेको छ। 

विवादको मुख्य कारण भने अझै खुलिनसकेको प्रहरी नायब उपरीक्षक मान बहादुर राईले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ  ।


 

salt training

कमेन्ट गर्नुहोस्