३० जेठ २०८३, शनिबार

ट्रकको त्रिपाल हटाउने क्रममा करेन्ट लागेर सहचालकको मृत्यु, घाइते दुईको अवस्था गम्भीर

साउन १, २०८२
सर्लाही
ट्रकको त्रिपाल हटाउने क्रममा करेन्ट लागेर सहचालकको मृत्यु, घाइते दुईको अवस्था गम्भीर

लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो । 

एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको हरिवनस्थित नमूना अस्पतालमा मृत्यु भएको हो । 

उक्त दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर रुपमा घाइते भएका हुन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्