१८ असार २०८३, बिहीबार

एनसेलको ‘सधैं अन करोडपति’ योजना बन्द, आजै साँझ एक करोड जित्ने ग्राहकको घोषणा हुने

साउन १, २०८२
काठमाडौं
एनसेलको ‘सधैं अन करोडपति’ योजना बन्द, आजै साँझ एक करोड जित्ने ग्राहकको घोषणा हुने

एनसेलले आफ्ना ग्राहकहरूलाई नगद पुरस्कार दिने ‘सधैं अन करोडपति’ योजना बन्द गरेको छ । आज साउन १ गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै यो योजना नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम आजैबाट लागु हुनेगरी बन्द गरेको कम्पनीले जनाएको छ ।

असार १ गतेबाट सञ्चालनमा ल्याइएको योजनामा हरेक हप्ता १० जना ग्राहकले जनही १ लाख पाउँदै आएका थिए भने बम्पर पुरस्कारमा नगद पुरस्कारका रूपमा एक जनालाई १ करोड दिने घोषणा गरेको थियो । यो योजना पाँचौ हप्तामा चलिरहेको थियो । 

'ग्राहकवर्गहरूलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरेको एनसेल ‘सधैं अन करोडपति’ योजना नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम आजैका मिति २०८२ श्रावण १ (जुलाई १७, २०२५)बाट लागु हुनेगरी बन्द गरिएको व्यहोरा सम्पूर्ण ग्राहकवर्गहरूको जानकारीको लागि सादर अनुरोध गर्दछौं । यसबाट ग्राहकवर्गहरूमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं,' एनसेलले जारी गरेको सूचनामा भनिएको छ ।

प्राधिकरणको निर्देशन बमोजिम योजना बन्द गरे पनि एनसेलले एक जिम्मेवार संस्थाको रूपमा हिजोसम्म योजनामा सहभागी ग्राहकहरूको हितलाई ध्यानमा राख्दै आज साँझ बम्पर १ करोड नगद पुरस्कार विजेता १ जना र पाँचौ हप्ताको जनही १/१ लाख विजेता १० जना भाग्यशाली ग्राहकको घोषणा गर्ने भएको छ । 

भाग्यशाली ग्राहकहरूको छनोट आज साँझ ५ बजेदेखि ६ बजेको बीचमा कान्तिपुर टीभी, एनसेल एप र एनसेलको यूट्युब च्यानलमार्फत् गरिने एनसेलले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्