
नुहाउने क्रममा खोलाले बगाएर जाजरकोटमा एक जनाको मृत्यु भएको छ ।
छेडागाड नगरपालिका-५ स्थित छेडागाड खोलाले बगाएर सोही नगरपालिका-५ वडाबन बस्ने ५० वर्षीय अम्मरबहादुर शाहीको बुधबार साँझ मृत्यु भएको हो ।
नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छेडागाडबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो ।
उद्धार गरेर उपचारका लागि नगर अस्पताल फुर्किचौर छेडागाड पठाएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।