२५ जेठ २०८३, सोमबार

वीरगञ्जमा नि:शुल्क धारा जडान र धरौटी शुल्कमा पनि छुट

साउन १, २०८२
काठमाडौं
वीरगञ्जमा नि:शुल्क धारा जडान र धरौटी शुल्कमा पनि छुट

खानेपानी मन्त्रालय अन्तरगतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको विशेष उपस्थितिमा नेपाल खानेपानी संस्थानका तर्फबाट महाप्रवन्धक अर्जुनबाबु ढकाल तथा वीरगञ्ज महानगरपालिका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त समझदारी अनुरूप अबदेखि नयाँ उपभोक्ताहरूलाई धारा जडान प्रक्रिया सहज, सरल र प्रभावकारी बनाइने तथा सेवा लिने नागरिकहरूलाई नि:शुल्क धारा जडान गरी नयाँ जडानका लागि लाग्ने धरौटी शुल्कमा छुट प्रदान गरिने व्यवस्था गरिएको मन्त्री यादवले जानकारी दिए । 

आज यस समझदारीपत्र हस्ताक्षरले वीरगञ्जबासीको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने विश्वास लिईएको मन्त्री यादवले बताए । 

salt training

कमेन्ट गर्नुहोस्